समाचार

बेटी पढाउ, बेटी बचाउ कार्यक्रममा भ्रष्टाचार, प्रदेश सचिवसहित १० जनाविरुद्ध मुद्दा

१८ श्रावण २०७९, बुधबार १२:३२
बेटी पढाउ, बेटी बचाउ कार्यक्रममा भ्रष्टाचार, प्रदेश सचिवसहित १० जनाविरुद्ध मुद्दा

१८ साउन, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेश सरकारले सञ्चालन गरेको बेटी पढाऔं, बेटी बचाऔं कार्यक्रममा भ्रष्टाचार भएको निष्कर्ष निकालेको छ ।

आयोगले तत्कालीन प्रदेश सचिव यमप्रसाद भुसालसहित  १० जनाविरुद्ध बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । सो कार्यक्रममा १० करोड बढी भ्रष्टाचार भएको अख्तियारको निष्कर्ष छ ।

मुख्यमन्त्री लालबाबु राउतको नाममा सञ्चालन गरिएको ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रम अन्तर्गत २७ हजार थान साइकल खरिद प्रकरणमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको हो ।

साइकल खरिदमा ब्राण्ड नै नखुलेको सस्तो साइकल दिएर भ्रष्टाचार गरेको आरोप अख्तियारको छ ।  अख्तियार स्रोतका अनुसार अहिले अदालतमा मुद्दा दर्ताका लागि रुजु हुँदै गरेको छ । दुईवटा मुद्दा दर्ताको प्रकृयामा रहँदा एउटा मुद्दामा ६ जना र अर्को मुद्दामा ४ जनाविरुद्ध मुद्दा दर्ता हुने प्रक्रियामा रहेको अख्तियार स्रोतको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्