समाचार

पर्यटन मन्त्रालयका उपसचिव घुससहित रंगेहात पक्राउ

१७ श्रावण २०७९, मंगलवार १४:०७
पर्यटन मन्त्रालयका उपसचिव घुससहित रंगेहात पक्राउ

१७ साउन, काठमाडौं । पर्यटन मन्त्रालयका उपसचिव प्रमोद नेपाल घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६ लाख रुपैयाँ घुससहित उनलाई पक्राउ गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टोलीले उनलाई पक्राउ गरेको हो । पर्यटन व्यवसायको दर्तासँग सम्बन्धित कामका लागि घुस लिइरहेको अवस्थामा नाग पोखरीको एक होटेलबाट उनलाई रंगेहात पक्राउ गरिएको आयोगका प्रवक्ता सहसचिव श्यामप्रसाद भण्डारीले नेपाल प्रेसलाई जानकारी दिए ।

नेपाल मन्त्रालयको हवाई उद्योग तथा अन्तर्राष्ट्रिय सम्बन्ध शाखाको प्रमुखको जिम्मेवारीमा थिए । यस्तै उनले प्रयोग गर्दै आएको बा १ झ ९९४६ नम्बरको गाडीबाट स्रोत नखुलेको १६ लाख ५० हजार रुपैयाँ पनि बरामद गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्