समाचार

प्रदेश १ का मुख्यमन्त्री राईलाई कोरोना संक्रमण

१७ श्रावण २०७९, मंगलवार ०४:०७
प्रदेश १ का मुख्यमन्त्री राईलाई कोरोना संक्रमण

१७ साउन, काठमाडौं । प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई कोरोना सङ्क्रमित भएका छन् ।

राई सहित उनकी श्रीमती शोभा पाठक र राजनीतिक सल्लाहकार जीवन राई कोरोना सङ्क्रमित भएका हुन् । सोमवार मुख्यमन्त्रीका सचिवालयका सदस्य सहित १६ जनामा गरिएको पीसीआर परीक्षणमा तीन जनामा कोरोना संक्रमण देखिएको हो ।

तीनै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार बन्धु पोख्रेलले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्