समाचार

नारायणगढ–मुग्लिन सडक अवरुद्ध

१७ श्रावण २०७९, मंगलवार ०३:५३
नारायणगढ–मुग्लिन सडक अवरुद्ध

१७ साउन, काठमाडौं । पहिरोका कारण नारायणगढ-मुग्लिन सडक अवरुद्ध भएको छ ।

भरतपुर महानगरपालिका २९ स्थित केराबारी र  इच्छाकामना गाउँपालिका-६ को २ र ३ नम्बर पुलको बीचमा खसेको पहिरोका कारण राजमार्ग अवरुद्ध भएको हो।

त्यस्तै भरतपुर २९ सत्रकिलोमा पनि पहिरो गएको छ । केराबारी र इच्छाकामनाको पहिरो पन्छाइसकेपछि सत्रकिलोको पहिरो पन्छाउने प्रहरीले जनाएको छ । तीन ठाउँको पहिरोले गर्दा नारायणगढ मुग्लिङ सडकखण्डमा रातीदेखि नै सवारीसाधन संचालन हुन सकेको छैन ।

चितवनको भरतपुर २९ केराबारी, ईच्छाकामना ६, त्यस्तै सत्रकिलोमा पहिरो गएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।  अहिले पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक रविन विष्टले जानकारी दिए। तर लगातारको वर्षाको कारण समय लाग्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्