मनोरञ्जन

महादेवको खिल्ली उडाएका ‘माग्ने बुढा’ले मागे माफी

१६ श्रावण २०७९, सोमबार ०८:२३
महादेवको खिल्ली उडाएका ‘माग्ने बुढा’ले मागे माफी

१६ साउन, काठमाडौं । केदारप्रसाद घिमिरे ‘माग्ने बुढा’ले महादेवको बारेमा गरिएको टिप्पणीप्रति माफी मागेका छन् ।

अन्जानमा आफूहरुबाट गल्ती भएको स्वीकार्दै घिमिरेले दर्शक र शुभचिन्तकको सल्लाह बमोजिम ट्रेलरमा समावेश उक्त दृश्यलाई युट्युब, टिकटक र फेसबुक सबैतिरबाट हटाएको जनाएका छन् ।

‘हामीले मिडिया हबमार्फत निर्माण र प्रसारण गर्दै आइरहेको कमेडी हब कार्यक्रमको एक प्रस्तुतिमा आराध्यदेब महादेवलाई लिएर बनाइएको विषयवस्तुप्रति दर्शक तथा शुभचिन्तकज्युहरुले देखाउनु भएको प्रतिक्रियाप्रति हाम्रो ध्यानाकर्षण भएको छ’ उनले अगाडि लेखेका छन् ‘अन्जान मै  हामीबाट भएको त्रुटिप्रति सम्पूर्ण दर्शकज्यूहरु समक्ष हामी क्षमा माग्दछौ ।’

उनको निर्देशनमा तयार पारिएको टेलिभिजन कार्यक्रम ‘कमेडी हब’मा महादेवको अवतारमा गरिएको प्रस्तुतिप्रति दर्शकले असहमति जनाएपछि उनले माफी मागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्