समाचार

एकै परिवारका चार जना मृत फेला

१६ श्रावण २०७९, सोमबार ०८:१४
एकै परिवारका चार जना मृत फेला

१६ साउन, काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिकाको काभ्रेस्थलीम आज सोमबार बिहान एकै परिवारका चार जना मृत फेला परेका हुन्।

घटनाको अनुसन्धानमा खटिएका प्रहरीका अनुसार मृत्यु हुनेमा श्रीमान,श्रीमती र दुई छोराछोरी रहेका छन् । एकै परिवारका ४१ वर्षीय दिनेश पाण्डे, उनकी श्रीमती ३९ वर्षीया सुनिता पाण्डे, १३ वर्षीया छोरी आशिका पाण्डे र ८ वर्षीय आशिक पाण्डेको विभत्स तरिकाले हत्या भएको प्रहरीले जनाएको छ।

मृत भेटिएकहरुमा ४१ वर्षीय दिनेश पाण्डे, उनकी श्रीमती ३९ वर्षीया सुनिता पाण्डे, १३ वर्षीया छोरी आशिका पाण्डे र ८ वर्षीय आशिक पाण्डे छन्।

उनीहरुको शव विभत्स अवस्थामा भेटिएकाले प्रहरीले हत्याको अनुमान गरेको छ। गोरखाको भीमसेन गाउँपालिका–६ स्थायी घर भएको पाण्डे परिवारको शव घरको ढोका भित्रबाट बन्द गरिएको अवस्थामा भेटिएको प्रहरीले बताएको छ। प्रहरीले नै ढोका फोडेर शव भेटाएको हो।

प्रतिक्रिया दिनुहोस्