समाचार

अर्थमा जनार्दनको कमब्याक हुँदा सचिव मरासिनीलाई नैतिक संकट

१५ श्रावण २०७९, आईतवार १६:१८
अर्थमा जनार्दनको कमब्याक हुँदा सचिव मरासिनीलाई नैतिक संकट

१५ साउन, काठमाडौं । जनार्दन शर्मा आइतबार अर्थमन्त्रीका रुपमा दोस्रो इनिङ सम्हाल्न अर्थमन्त्रालय पुग्दा अर्थ सचिव मधकुमार मरासिनी बिनाजानकारी अनुपस्थित रहे ।

राजस्व सचिव कृष्णहरि पुष्करले मन्त्री शर्मालाई स्वागत गरे । मन्त्रालय स्रोतका अनुसार हिजोसम्म मरासिनी कार्यालयमा आएका थिए । उनले आज बिदामा बसेको भनेर मन्त्रालयमा औपचारिक जानकारी गराएका थिएनन् ।

अर्थ मन्त्रालयमा दुई जना सचिव रहने व्यवस्था छ । मन्त्रीपछि समग्र मन्त्रालय हेर्ने सेकेन्ड म्यान मरासिनी हुन् । अर्का सचिव कृष्णहरी पुष्करले राजश्वको पाटो हेर्छन् । आज आज मन्त्रालयमा पुष्करले नै अर्थमन्त्री शर्माको स्वागत गरेका छन् ।

तर, यो घटनाले २२ असारलाई फेरि सम्झाएको छ । बजेटमा करको दर हेरफेर गर्न अनधिकृत व्यक्ति संलग्न गराएको आरोपमा संसदीय छानबिन हुने भएपछि अर्थमन्त्री शर्माले संसदमा राजीनामा दिनुअघि पत्रकार सम्मेलन गर्न चाहेका थिए ।

प्रतिक्रिया दिनुहोस्