राजनीति

जनार्दन शर्मा अर्थमन्त्रीमा पुनः नियुक्त

१५ श्रावण २०७९, आईतवार १६:१०
जनार्दन शर्मा अर्थमन्त्रीमा पुनः नियुक्त

१५ साउन, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले माओवादी केन्द्रका नेता जनार्दन शर्माले शपथ लिएका छन् ।

कपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटी अर्थमन्त्रीमा पुनः शर्मालाई दिनु पर्ने सुझाव दिएलगतै शर्मालाई फेरि अर्थमन्त्रीको जिम्मेवारी दिएर आजै शपथ गराउन लागिएको ।

अर्थमन्त्री शर्माले बजेट निर्माणको क्रममा अनाधिकृत व्यक्तिलाई समावेश गराएको आरोप लागेपछि उनले असार २२ गते राजीनामा दिएका थिए । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा शर्मालाई राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थमन्त्रीमा नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

शर्माको शपथ ग्रहण बेलुका साढे ५ बजेलाई तय भएको राष्ट्रपति कार्यालयले जनाएको छ । बजेट निर्माणका क्रममा करका दर हेरफेर गर्दा अनधिकृत व्यक्तिलाई संलग्न गराएको आरोप लागेपछि असारको २२ गते सभामुख अग्नि सापकोटाले ११ सदस्यीय संसदीय छानबिन विशेष समिति गठन गर्नुभएको थियो । समिति गठन भएसँगै २२ गते नै शर्माले राजीनामा दिए ।

अर्थमन्त्रीका बिषयमा छानबिन गर्न विशेष समिति नै गठन गरिएको थियो । उक्त समितिले शर्माले त्यसरी अनाधिकृत व्यक्तिलाई अर्थमन्त्रालय छिराएको पुष्टि नभएको प्रतिवेदन संसदमा पेश गरेपछि माओवादी केन्द्रले शर्मालाई पुनः अर्थमन्त्रीमा अगाडी सारेको हो ।

प्रतिक्रिया दिनुहोस्