राजनीति

पुनः अर्थमन्त्री बन्दै जनार्दन शर्मा, आजै शपथ खादै

१५ श्रावण २०७९, आईतवार ०७:४७
पुनः अर्थमन्त्री बन्दै जनार्दन शर्मा, आजै शपथ खादै

१५ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले पुनः अर्थमन्त्रीको शपथ लिने भएका छन्। स्रोतका अनुसार शर्माको शपथको तयारी भइरहेको छ।

प्रधानमन्त्रीले शर्माको नाम शितल निवास पठाएपछि राष्ट्रपतिबाट आजै उनले पद तथा गोपनियताको शपथ लिनेछन्। शर्माले एकदिन भए पनि अर्थ मन्त्रालय फर्किन चाहेको र प्रधानमन्त्री शेरहवादुर देउवा तथा माओवादी अध्यक्ष प्रचण्डसमेत उनैलाई पुनः अर्थमन्त्री बनाउने पक्षमा देखिएपछि शर्माको कमब्याक निश्चित भएको हो ।

तर, आइतवार बिहानै उनी अर्थमै फर्किने र आजै साँझ शपथ कार्यक्रम राखेको खबर माओवादी अध्यक्ष प्रचण्डको सचिवालयले सार्वजनिक गर्‍यो।

त्यसका लागि प्रचण्डले आफ्नो पार्टीभित्र पनि छलफल गरेका थिए। शर्माले पनि खुमलटार पुगेर अध्यक्ष प्रचण्डसँग आइतवार बिहान छलफल गरेका थिए।

बजेट भाषणको अघिल्लो रात अनधिकृत मानिसहरुलाई अर्थमन्त्रालयभित्र लिएर करका दरमा हेरफेर गरेको भन्दै विवादमा आएपछि उनले अर्थमन्त्री पदबाट राजीनामा दिएका थिए ।

बजेट निर्माणको अन्तिम दिन अर्थ मन्त्रालयमा अनधिकृत व्यक्तिलाई प्रवेश गराई राजस्वका दर हेरफेर गरेको विषयबारे अर्थमन्त्री शर्मा थप विवादमा तानिएका थिए ।

प्रतिक्रिया दिनुहोस्