समाचार

‘पदबिना नबस्ने अवस्था भयो भने ३०/३५ जना उपाध्यक्ष बनाउने- केपी ओली

१४ श्रावण २०७९, शनिबार ११:४४
‘पदबिना नबस्ने अवस्था भयो भने ३०/३५ जना उपाध्यक्ष  बनाउने- केपी ओली

१४ साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले युवाहरुले पदमा बस्नैपर्ने गलत संस्कार देखिन थालेको बताएका छन् ।

राष्ट्रिय युवा संघको बैठकलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन्। उनले एमालेलाई अरुले सिध्याउन खोजेको टिप्पणी गरे। चौतर्फी हमलालाई चिर्न युवा संघलाई ओलीले निर्देशन समेत दिएका छन्।

‘युवाहरु पद नभई बस्न नसक्ने अवस्था आयो भने, ३०–३५ जना उपाध्यक्ष बनाउनुपर्ने अवस्था आयो भने’ उनले भने, ‘युवाहरुलाई पद नभई माथिल्लो कमिटी ठूला ठूला बनाउनुपर्ने अवस्था आयो भने त्यो पनि राम्रो लक्षण होइन ।’

ओलीले एमाले नै सबैभन्दा बढी लोकप्रिय पार्टी भएको दाबी गरे। संघीय संसद् र प्रदेश सभाहरुमा पनि एमाले नै लोकप्रिय पार्टी भएको ओलीको दाबी रह्यो।

‘इमानबाट पतन गराएर केही मान्छेहरुले एक सिटका लागि प्रदेश सरकारबाट एमालेलाई हटाएका होलान्,’ उनले भने। स्थानीय तह निर्वाचनमा पनि सबैभन्दा बढी मत पाउने एमाले भएको ओलीको दाबी छ।

प्रतिक्रिया दिनुहोस्