समाचार

अर्थ मन्त्रालयमा जनार्दनकै हक लाग्छ- वर्षमान पुन

१४ श्रावण २०७९, शनिबार ११:३४
अर्थ मन्त्रालयमा जनार्दनकै हक लाग्छ- वर्षमान पुन

१४ साउन, काठमाडौं। माओवादी केन्द्रका नेता वर्षमान पुनले मन्त्री रिक्त रहेको अर्थ मन्त्रालयमा अब जनार्दन शर्माकै हक लाग्ने बताएका छन् ।

संसदीय छानबिन समितिले दोषी ठहर र किटान गर्न नसकेकाले उनको पहिलो हक कायम हुने पुनको भनाइ छ । तत्कालीन अर्थमन्त्री शर्माले गत जेठमा आर्थिक वर्ष २०७९–८० को बजेट भाषण गर्नुअघि र अघिल्लो दिन असम्बन्धित व्यक्तिलाई बोलाएर करका दर हेरफेर गरेको र त्यसको प्रमाण नष्ट गर्न सिसिटिभि फुटेज मेटाएको आरोप लागेपछि असार २२ गते संसदीय विशेष समिति गठन भएको थियो ।

सोही समितिले हिजो बुझाएको प्रतिवेदनमा शर्मालाई चोख्याइएपछि सम्भवतः भोलि आइतबार उनी पुनः अर्थ मन्त्रालयको नेतृत्व सम्हाल्न जाने सम्भावना बढेको हो ।

प्रतिक्रिया दिनुहोस्