समाचार

पछिल्लो २४ घण्टामा कति थपिए कोरोना संक्रमित ?

१४ श्रावण २०७९, शनिबार ११:२६
पछिल्लो २४ घण्टामा कति थपिए कोरोना संक्रमित ?

१४ साउन, काठमाडौं। पछिल्लो २४ घण्टामा चार सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर पीसीआर र एन्टिजेन गरी तीन हजार ६ सय ९९ जनाको नमूना परीक्षण गर्दा चार सय ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो कूल परीक्षणको ११ दशमलव ८४ प्रतिशत हो । यस्तै थप दुई सय ७७ जना संक्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणको कारण दुई जनाको ज्यान गएको छ ।

अहिले नेपालमा चार हजार तीन सय ६९ जना सक्रिय संक्रमित रहेका छन् । यसैबीच पछिल्लो २४ घण्टामा ५८ हजार पाँच सय ५९ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्