समाचार

अध्यक्ष प्रभानन्द आचार्यद्वारा सुकेले डुङ्गामा गएको पहिरोको अवलोकन

४ श्रावण २०७९, बुधबार ०२:३५
अध्यक्ष प्रभानन्द आचार्यद्वारा सुकेले डुङ्गामा गएको पहिरोको अवलोकन

४ साउन, कालिकोट । साउन २ गते राती गएको अभिरल बर्षाको कारण खाँडाचक्र नगरपालिका वडा नम्बर ४ मा पहिरो जादा ठुलो बालिनालीको नोक्सानी भएको छ ।

पहिरोको अवलोकन गर्न खाँडाचक्र ४ का वडा अध्यक्ष प्रभानन्द आचार्यले सुकिले डुङ्गामा पुगेका छन् । वडा ४ स्थित सुकेले डुङ्गा नजिक रहेको सानिपनेरीमा बीच खेतबाट पहिरो गएको छ । मानवीय क्षेती नभए पनि अन्नबालीको ठुलो क्षेती भएको छ । मकै, धानको खेतको बीचबाट पहिरो गएको छ ।

No description available.

अध्यक्ष आचार्यले भने पहिरो रोक्ने वैकल्पिक उपाए अपानाउने । साथै सही वडामा धेरै ठाउँमा पहिरो गएको र यसको लागि वडा र नगरमा पहल गर्छौं । सक्दो यसको रोकथाम गर्ने अध्यक्ष आचार्यले बताएका छन् ।

साथै सही वडामा धेरै स्थानीय बासिको घर चुइ बस्न नसकिने भयावह अवस्थाको अवलोकन गरेका छन् । तत्काल घरमा बस्ने बातावरण गराउने अध्यक्ष आचार्यले प्रतिबद्धता गराएका छन् ।

पहिरो जानुको मुख्य कारण पानीका पाइप फुटेको र चुइ रहेको र हिजो आएको अभिरल बर्षाको कारण पहिरो गएको स्थानीयको भनाइ छ । पहिरोको अवलोकन गरेका छन ।

प्रतिक्रिया दिनुहोस्