समाचार

वडा अध्यक्ष प्रभानन्द आचार्यद्वारा वृक्षारोपन कार्यक्रमको शुभारम्भ

४ श्रावण २०७९, बुधबार ०२:११
वडा अध्यक्ष प्रभानन्द आचार्यद्वारा वृक्षारोपन कार्यक्रमको शुभारम्भ

४ साउन, कालिकोट । स्वच्छ वायु, स्वस्थ्य जीवन नाराका साथ खाँडाचक्र नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष प्रभानन्द आचार्यले वृक्षारोपन गरेका छन ।

अध्यक्ष आचार्यले वृक्षारोपन गरेर कार्यक्रमको शुभारम्भ गरिएको थियो । वृक्षारोपन कार्यक्रममा अध्यक्ष आचार्यसहित असिस्टेन्ट सिभिल ओभरसेट नमराज बिश्वकर्मा, सालमेला कालापहडा समुदाय वन समितिका अध्यक्ष सत्य प्रसाद आचार्य र स्थानीय बासिन्दाको उपस्थित रहेको थियो ।

वडा ४ लाई हरियाली वाताबरण, स्वच्छ र नमूना वडाको लक्ष्य बनाउने सोचले वनमा वृक्षारोपन गरेको अध्यक्ष आचार्यले बताएका छन । ४ का कुनै पनि खालि र बाझो खेतमा वृक्षारोपन गर्ने भए उसलाई आफुले र वनसमेत सहयोग गरिने अध्यक्ष आचार्यले बताए ।  साथै वन सुरक्षाको लागि वडा र आफ्नो ब्यक्तिगत तर्फबाट के-के सहयोग गर्नुपर्छ । त्यसको पहल गर्ने अध्यक्ष आचार्यले बताएका छन् ।

समुदाय वनका अध्यक्ष सत्यले भने समुदाय वनको लागि आफुले धेरै गरे अब मेरो लागि नभई एक चोटी हाम्रो लागी सोचेर आफुले सक्दो श्रम दान गर्ने आग्रह गरेका छन ।

प्रतिक्रिया दिनुहोस्