समाचार

खाँडाचक्र ३ बाट कांग्रेस र एमाले परित्याग गरि एक दर्जन कार्यकर्ता माओवाद प्रवेश

२ श्रावण २०७९, सोमबार १०:१०
खाँडाचक्र ३ बाट कांग्रेस र एमाले परित्याग गरि एक दर्जन कार्यकर्ता माओवाद प्रवेश

२ साउन, कालिकोट ।  खाँडाचक्र नगरपालिका वडा नम्बर ३ ताडीबाट एमाले र कांग्रेसले पार्टी परित्याग एक दर्जन कार्यकर्ता नेकपा माओवाद केन्द्रमा प्रवेश गरेका छन ।

माओवादी जिल्ला समन्वय समितिका संयोजक लक्ष्मी प्रसाद चौलागाईं (शैलेन्द्र)को संयोजकत्वमा र कर्णाली प्रदेश सदस्य तथा खाँडाचक्र नगरपालिकाका उप-प्रमुख गणेश बहादुर शाही(आकश )कोअध्यक्षतामा काङ्ग्रेस र एमाले र एक स्वतन्त्र पार्टी परित्याग गरि माओवाद केन्द्रमा स्वागत कार्यक्रम गरिएको छ ।

No description available.

५ एमाले र ५ काङ्ग्रेस र एक स्वतन्त्र गरि ११ जनालाई पार्टी अध्यक्ष शैलेन्द्र र कर्णाली प्रदेश सदस्य तथा उप- प्रमुख शाहीले पार्टीमा स्वागत गरेका छन ।

No description available.

आज माओवादीको पार्टी कार्यालयमा एमाले नगर सदस्य धनकृष्ण पाण्डे सहित रत्न प्रसाद पाण्डे एमालेबाट,अनन्त पाण्डे एमालेबाट, प्रदीप पाण्डे एमालेबाट, नयाराम पाण्डे एमालेबाट, धर्मेन्द्र पाण्डे नेपाली काङ्ग्रेसबाट, गिता पाण्डे काङ्ग्रेसबाट, देउमणी पाण्डे काङ्ग्रेसबाट, भुपेन्द्र पाण्डे काङ्ग्रेसबाट, सर्पराज पाण्डे काङ्ग्रेसबाट र स्वतन्त्र वडा अध्यक्ष उम्मेदवार जग्ग पाण्डे पार्टी परित्याग गरि माओवादीमा प्रवेश गराएका छन ।

No description available.

संयोजक शैलेन्द्रले भने यो एक उदाहरणमात्र हो । केहि दिन पछि सिंगो गाउँ नै पार्टी प्रवेशको तयारीमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्