समाचार

६ वर्षीया बालिका बलात्कार आरोपमा एक युवक पक्राउ

१ श्रावण २०७९, आईतवार ०६:३९
६ वर्षीया बालिका बलात्कार आरोपमा एक युवक पक्राउ

१ साउन, बर्दिया । बर्दियामा एक जना ६ वर्षीया बालिका बलात्कृत भएकी छन् ।

ती बालिकालाई बलात्कार गरेको आरोपमा मधुवन नगरपालिका–६ बस्ने २६ वर्षीय मान बहादुर रजालीलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मधुवन नगरपालिका–६ बस्ने २६ वर्षीय मानबहादुर रजाली छन् । सोही ठाउँस्थित गोठको पछाडि लगेर रजालीले ती बालिकालाई बलात्कार गरेको सूचनापछि इलाका प्रहरी कार्यालय सानोश्रीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्