समाचार

महिलामाथि जबर्जस्तीकरणी गरेको आरोप लागेका क्याम्पस प्रमुखविरुद्ध मुद्दा दर्ता

१ श्रावण २०७९, आईतवार ०६:३६
महिलामाथि जबर्जस्तीकरणी गरेको आरोप लागेका क्याम्पस प्रमुखविरुद्ध मुद्दा दर्ता

१ साउन, काठमाडौं । पुर्चौडी बहुमुखी क्याम्पस बैतडीका प्रमुख राजेन्द्रसिंह नेगीविरुद्ध जबर्जस्तीकरणी मुद्दा दर्ता भएको छ।

बुधबार कैलालीकी एक महिलाले इलाका प्रहरी कार्यालय पाटन बैतडीमा जबरजस्तीकरणी मुद्दा दर्ता गरेकी हुन् । पीडित महिलाले दिएको जाहेरीका आधारमा मुद्दा दर्ता भएपछि क्याम्पस प्रमुख नेगीलाई पक्राउ गरेर अनुसन्धान गर्ने तयारी भएको छ।

कैलाली घर भइ बैतडीको पुर्चौंडीमा ज्याला मजदुरी गर्दै आएकी एक महिलामाथि क्याम्पस प्रमुख नेगीले बलात्कार गरेको आरोप लागेको छ । यही २० असारमा पानी माग्ने निहुँमा महिलामाथि नेगीले बलात्कार गरेको आरोप लागेको हो । पीडित महिलाको बुधबार नै स्वास्थ्य परीक्षण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्