राजनीति

वाम एकता आजको आवश्यकता हो : नारायणकाजी श्रेष्ठ

१ श्रावण २०७९, आईतवार ०६:२०
वाम एकता आजको आवश्यकता हो : नारायणकाजी श्रेष्ठ

१ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले तत्कालै वामपन्थीहरुबीच एकता आवश्यकता रहेको बताएका छन्।

त्यसका लागि सबै इमान्दार भएर अग्रसर हुनुपर्ने उनको जोड छ । आज सामाजिक सन्जालमा श्रेष्ठले लेखेका छन्, ‘राजनीतिलाई व्यक्ति वा समूह स्वार्थ केन्द्रित धन्दा नबनाउने हो भने देश र आन्दोलनको आवश्यकता आज वाम तालमेल र एकता नै हो । त्यसका निम्ति सम्बन्धित सबैले गम्भिर आत्म–आलोचक भावसहित इमान्दार अग्रसरता देखाउनु पर्छ ।’

बेलैमा बुद्धि नपुर्याए पछुतो मात्र बाँकी रहला भन्दै उनले सचेतसमेत गराएका छन् । उनले लेखेका छन्, ‘बेलैमा बुद्धि पुर्याऔं, नत्र धेरै ढिलो भैसकेको हुन सक्नेछ । त्यसबेला पछुतो मात्र बाँकी होला कि ! समयमै सोचौं ।’

‘घटनाक्रमको विषयवस्तुमा आत्मसमीक्षा गरौँ, कतिपय भोलि पछाडि गरे हुने पछि नै समीक्षा गरौँला,’ श्रेष्ठले भने, ‘अहिल्यै गर्नुपर्ने भएको छ भने आत्मालोचना गरौँ। पार्टी एकता जोगाउन सकिएन, त्यसमा म पनि आत्मआलोचित छु।’

नेपालमा देशभक्तिपूर्ण आन्दोलनमा अगुवा शक्ति वामपन्थी शक्तिहरु नै अग्रपंक्तिमा भएको उनले दाबी गरेका छन्।

प्रतिक्रिया दिनुहोस्