समाचार

भाइरल कृषि सडकको नगरप्रमुख शाहीद्वारा अवलोकन

१ श्रावण २०७९, आईतवार ०१:३७
भाइरल कृषि सडकको नगरप्रमुख शाहीद्वारा अवलोकन

१ साउन, कालिकोट । बर्दिगाउँ देखि ताडीसम्म भाइरल कृषि सडकको खाँडाचक्र नगरपालिकाका प्रमुख कमल बहादुर शाहीले अवलोकन गरेका छन् ।

खाँडाचक्र नगरपालिका प्रमुख शाहीसहित निर्माण ब्यवसायी गणेश आचार्य, वडा अध्यक्ष पर्भानन्द आचार्य, समाज सेवी तथा नागरिक अगुवा बाले बिश्वकर्मा र नेपाली कांग्रेस खाँडाचक्र नगरपालिका सभापति भानुभक्त आचार्य र सागर निर्माण सेवाका प्राेपराईटरका रुप आचार्य लागायत वडा नम्बर ४ का जनता पनि उपस्थित रहेका थिए ।

May be an image of 8 people, people standing and footwear

निर्मणधिन आर. सी.सी सडक अवलोकन गर्दै गर्दा नगरप्रमुख शाहीले कृषि सडकको आर. सि. सि कामकाे सोचेको भन्दा छिटो र दीर्घकालीन रहेको शाहीले बताएका छन् ।  साथै, चाडै नै यो कृषि सडकलाई कर्णाली राजमार्ग सम्म जाेड्नका लागि आफु पनि पहल गर्ने बताएका छन् ।वडा नम्बर ४ जस्तै धेरै सडक नगरपालिकामा ११ वटा वडामै ग्रामिण कृषि सडक जोड्नु पर्ने नगरप्रमुख शाहीले बताए ।

May be an image of 8 people, people standing and outdoors

निर्माण ब्यवसायी आचार्य, वडा अध्यक्ष आचार्य र सम्पूर्ण आर. सि. सि ढलान गर्न खटिनु भएका वडा बसीलाई धन्यवादसमेत दिएका छन् ।वडा अध्यक्ष आचार्यले जनता सामु खायका बाचा परा गर्नेछु । सबैकाे साथ सहयाेग र सुझाबकाे अपेक्षा गरेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्