३२ असार, काठमाडौँ। भारतीय विदेशमन्त्री एस जयशंकरले नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन् ।
शनिबार नयाँ दिल्लीमा उनीहरूबीच भेटवार्ता भएको हो। विदेशमन्त्री जयशंकरले ट्विट गर्दै प्रचण्डलाई स्वगत गर्न पाउँदा खुशी लागेको बताए।
भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा भारत भ्रमणमा रहेका अध्यक्ष प्रचण्डलाई स्वागत गर्न पाउँदा खुशी लागेको बताउँदै मन्त्री जयशंकरले आर्थिक सहकार्यमा केन्द्रित भई छिमेकी सम्बन्धलाई सुदृढ बनाउने विषयमा फलदायी छलफल भएको बताए ।
आर्थिक सहकार्यमा केन्द्रित भई हाम्रो छिमेकी सम्बन्धलाई सुदृढ बनाउने विषयमा फलदायी छलफल भएको छ । छिमेकी पहिलो नीतिलाई प्रतिबिम्बित गर्दै नेपालको विकास र समृद्धिको चाहनामा भारत सदैव भरपर्दो साझेदार रहनेछ ।’