३२ असार, कालिकोट । कालिकोट कोभिड १९ पुर्ण खोप सुनिश्चित जिल्ला घोषण भएको छ । जिल्लाका नौ वटै स्थानीय तहले कोरोनाविरुद्धको खोप पुर्ण सुनिश्चित गरेको छ ।
असार ३० मा कोरोनाविरुद्धको खोप पुर्ण सुनिश्चित गरेको छ । कार्यक्रम भब्यताका साथ सुरु गरिएको थियो । पन्चेबाजासहि सदरमुकाम परिक्रमा गरिएको थियो ।
आयोजित कार्यक्रममा समन्वय समितिका प्रमुख धनजित शाही(आदर्श), माओवादी जिल्ला समन्वय संयोजक लक्ष्मी प्रसाद चौलागाईं (शैलेन्द्र), नै वटै स्थानीय तहका प्रमुख र विभिन्न दाल नेताकार्यकर्ता र कर्मचारी उपस्थिति थिए ।
सुनिश्चित कार्यक्रममा जनताको स्वस्थ र स्वच्छ बनाउने हाम्रो पहिलो कर्तव्य रहेको संयोजक शैलेन्द्रले बताएका छन् ।