समाचार

उपसभामुख निर्वाचनका लागि भोलि नाम दर्ता, शुक्रबार निर्वाचन

२९ असार २०७९, बुधबार ०७:३५
उपसभामुख निर्वाचनका लागि भोलि नाम दर्ता, शुक्रबार निर्वाचन

२९ असार, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले उपसभामुख चयनका लागि निर्वाचन मिति घोषणा गरेका छन्।

बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख अग्नि सापकोटाले असार ३१ गते निर्वाचन गर्ने गरि निर्वाचनको कार्यतालिका प्रकाशन गर्न दिएको निर्देशन लगत्तै प्रतिनिधि सभाका सचिव गोपनाथ योगीले निर्वाचन कार्यतालिका सार्वजनिक गरेका हुन्।

सार्वजनिक कार्यतालिका अनुसार भोलि बिहान ११ बजेदेखि १ बजेसम्म उपसभामुख पदका लागि मनोनयन दर्ता गर्ने समय तोकिएको छ। यस्तै ३१ गते दिउँसो ३ बजे प्रस्तावकले प्रस्ताव गर्ने र समर्थकले समर्थन गर्ने, उम्मेदवारीको सूचनामाथि सामूहिक रुपमा छलफल हुने र दर्ता क्रमानुसार निर्णयार्थ प्रस्तुत गर्ने कार्यक्रम छ ।

२०७६ माघ ६ गते तत्कालीन उपसभामुख शिवमाया तुम्वाहाम्फेले राजीनामा गरेपछि प्रतिनिधि सभामा उपसभामुख पद रिक्त छ ।

प्रतिक्रिया दिनुहोस्