राजनीति

संयोजक शैलेन्द्रद्वारा हेलिप्याडको अवलोकन

२५ असार २०७९, शनिबार १०:४३
संयोजक शैलेन्द्रद्वारा हेलिप्याडको अवलोकन

२५ असार, कालिकोट । जिल्लाको सदरमुकाम मान्ममा स्थित लुहारेकोटको हेलिप्याड निर्माण सम्पन्न भएको छ । माओवादी जिल्ला समन्वय समितिका संयोजक लक्ष्मी प्रसाद चौलागाई(शैलेन्द्र)ले अवलोकन गरेका छन् ।

साथै हेलिप्याड निर्माण सम्पन्न भएको जनाएका छन् ।  संयोजक शैलेन्द्रले सामाजिक संजाल अर्थात फेसबुकमार्फत हेलिप्याड निर्माण सम्पन्न भएको जनाएका छन् । लुहारेकोटलाई धेरै नामले चर्चित छ । लभ डाँडा, कोट दरबार लगायत नामले पनि चिनिन्छ ।

लुहारेकोटको पहिले देखि नै दलित समुदाय बस्ने भएका कारणले नै यसको नाम लुहारेकोट राखिएको हो। साथै दरबारको छेउमै दलित समुदाय उपभोक्ता समिति रहेको छ।

संयोजक शैलेन्द्रले आफ्नो फेसबुकमा लेखेका छन् ” यहाँ हेलिप्याड निर्माण सम्पन्न भएको छ । निर्माण समितिलाई धन्यवाद ! साथै युवाहरुसंग लिएको फोटो पोस्ट गरेका छन् ।”

केहि दिन पहिले संयोजक शैलेन्द्रसंगै वडा नम्बरका वडा अध्यक्ष धर्म राज ताम्राकार लगायतको टोलि अवलोकन गर्न निर्माणधिन हेलिप्याड गएका थिए ।

प्रतिक्रिया दिनुहोस्