समाचार

नेपाल प्रहरीका ३२ जना एसपी एसएसपीमा बढुवा सिफारिस [सूचीसहित]

२५ असार २०७९, शनिबार ०७:०२
नेपाल प्रहरीका ३२ जना एसपी एसएसपीमा बढुवा सिफारिस [सूचीसहित]

२५ असार, काठमाडौं । नेपाल प्रहरीका ३२ जना एसपी  एसएसपी बढुवामा सिफारिस भएका छन् । आज बसेको बढुवा समितिको बैठकले ३२ जना एसपीलाई एसएसपीमा बढुवा सिफारिस गरेको हो ।

प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा व्यवस्थापन निर्देशनालय अंगरक्षण गण नक्सालका एसपी गणेश चन्द बढुवा सिफारिसको पहिलो नम्बरमा परेका छन्।

 दोस्रो नम्बरमा सिद्धिविक्रम शाह, तेस्रोमा सुशीलसिंह राठौर, चौथोमा उमाप्रसाद चतुरर्वेदी र पाँचौ नम्बरमा दानबहादुर कार्की रहेका छन् भने ३२ औं नम्बरमा सिफारिस हुनेमा शारदाप्रसाद चौधरी रहेका छन् ।

बलात्कारपछि हत्या गरिएकी निर्मला पन्त प्रकरणमा बर्खास्तीमा परेर पुनर्बहाली भएका एसपी डिल्लीराज विष्ट पनि एसएसपी बढुवाको सूचीमा अटाएका छन् ।

यस्तै जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका दानबहादुर कार्की, बागमती प्रदेश प्रहरी कार्यालय हेटौडा मानवस्रोत व्यवस्थापन महाशाखाका डा. मनोजकुमार केसी, जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका राजन अधिकारी, लागुऔषध नियन्त्रण ब्युरोका जीवनकुमार श्रेष्ठ बढुवामा सिफारिस भएका छन्।

No photo description available.

प्रतिक्रिया दिनुहोस्