समाचार

४ सय मतगणना हुँदा एमालेका रामबहादुर बानियाँ ३ मतले अग्रता

२४ असार २०७९, शुक्रबार ११:३७
४ सय मतगणना हुँदा एमालेका रामबहादुर बानियाँ ३ मतले अग्रता

२४ असार, बाजुरा । बाजुरा बूढीगंगा नगरपालिकाको स्थानीय तह चुनावमा नेकपा एमालेका मेयर उम्मेदवार रामबहादुर बानियाँले ३ अग्रता लिएका छन् ।

४ सय मतगणना गन्दा नेकपा एमालेका मेयर उम्मेदवार बानियाँले १८८ मत पाएका छन् भने नेपाली कांग्रेसका उम्मेदवार रंगबहादुर खातीले १८५ मत पाएका छन् । अहिले वडा नं. १ र १० वडाको मत गणना भइरहेको छ ।

त्यस्तै उपमेयरमा एमालेकी मायाकुमारी खड्काले १८७ र नेपाली कांग्रेसकी रिता शाहीले १८५ मत पाएका छन् । खड्काले शाही भन्दा ३ मतले अग्रता लिएकी छिन  ।  बूढीगंगामा ३० वैशाखमा भएको स्थानीय चुनाव रद्ध गरी बिहीबार फेरि मतदान गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्