राजनीति

नागरिकता विधेयक फिर्ता लिने सरकारको प्रस्तावमा एमालेको आपत्ति

२४ असार २०७९, शुक्रबार ११:१९
नागरिकता विधेयक फिर्ता लिने सरकारको प्रस्तावमा एमालेको आपत्ति

२४ असार, काठमाडौं । सरकारले फिर्ता भएको नागरिकता सम्बन्धी विधेयक आजै पेश गर्ने तयारी गरेको छ। गृहमन्त्री बालकृष्ण खाँणले मन्त्रिपरिषद्को बैठक बसेर आजै विधेयक प्रस्तुत हुने जानकारी दिए।

शुक्रबारको प्रतिनिधिसभा बैठकमा गृहमन्त्री बालकृष्ण खाणले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५ फिर्ता लिने प्रस्ताव पेस गरेका छन्।  सो प्रस्तावको विरोध गर्दै नेकपा (एमाले) का सांसद कृष्णभक्त पोखरेलले विधेयक फिर्ता गरेर सरकारले संसदीय प्रणालीलाई नै चुनौती दिएको बताए।

सो प्रस्तावको विरोध गर्दै नेकपा (एमाले) का सांसद कृष्णभक्त पोखरेलले विधेयक फिर्ता गरेर सरकारले संसदीय प्रणालीलाई नै चुनौती दिएको बताए ।

उनले सबै नेपालीलाई नागरिकता प्रदान गर्न सबैको दायित्व भएको बताए। ‘सबै नेपालीलाई नागरिकता प्रदान गर्नु हामी सबैको साझा दायित्व हो। कुनै पनि नागरिक नागरिकताबाट वञ्चीत नहोउन भन्ने हाम्रो उद्देश्य हो। संघीय कानुनबमोजिम लाखौं नेपाली नागरिकलाई नागरिकता प्रदान गर्न सकिएको छैन। संविधानले नागरिक मानेको छ। तर संघीय ऐनको आवश्यक छ,’ उनले भने।

प्रतिक्रिया दिनुहोस्