समाचार

जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि गोली प्रहार

२४ असार २०७९, शुक्रबार ०३:४१
जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि गोली प्रहार

२४ असार, काठमाडौं । जापानका पूर्व प्रधानमन्त्री सिञ्जाे आवेमाथि गोली प्रहार भएको छ । एएफपीले स्थानीय मिडियालाई उद्धृत गर्दै पूर्वप्रधानमन्त्री अबेको छातिमा गोली प्रहार भएको उल्लेख गरेको छ।

उनले आफ्नो स्वास्थ्य अवस्था जिटिल बन्दै गएको भन्दै सन् २०२० को सेप्टेम्बर १४ मा प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए। ​स्थानीय समयअनुसार बिहान साढे ११ बजे उनीमाथि गोली प्रहार भएको थियो। गोली प्रहारमा संलग्न रहेका एक जनालाई पक्राउ गरिएको प्रहरीलाई उद्धृत गर्दै जापान टाइम्सले लेखेको छ।

उनी सन् २००६ देखि सन् २००७ सम्ममा पहिले पनि प्रधानमन्त्री बनेका थिए। तर आफूले नेतृत्व गरेको दल लिबरल डिमोक्रेटिक पार्टीको अनपेक्षित पराजयसँगै स्वास्थ्यको समस्या देखाउँदै राजीनामा दिएका थिए।

सन् २०१२ मा दोस्रो पटक प्रधानमन्त्री बनेका आवे आठ वर्ष लगातार प्रधानमन्त्री रहे। सडकमा ढलेका आवेलाई अस्पताल लगिएको छ । गोली प्रहार गर्ने शङ्कास्पद व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्