राजनीति

कर्णालीका पहिलो मुख्यमन्त्री शाही माओवादीकाे पोलिट्ब्यूरो सदस्य

२४ असार २०७९, शुक्रबार ०३:१३
कर्णालीका पहिलो मुख्यमन्त्री शाही माओवादीकाे पोलिट्ब्यूरो सदस्य

२४ असार, काठमाडौं ।  कर्णाली प्रदेशका पहिलो मुख्यमन्त्री महेन्द्र बहादुर शाही नेकपा माओवादी केन्द्रकाे पोलिट्ब्यूरो सदस्य भएका छन् ।

बिहीबार काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा जारी केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुर्व मुख्यमन्त्री शाहीलाई सदस्य बनाएका छन् ।

शाही कर्णालीबाट पोलिट्ब्यूरो सदस्य भएका छन् । पुर्व मुख्यमन्त्री शाही केन्द्रिय सदस्य पनि हुन् । उनी कालिकोट क्षेत्र नम्बर (ख) निर्वाचित भएका थिए । उनी कर्णालीका आकासका किरण बनेका छन् ।

१२५ जना पूर्ण सदस्य र ३१ जना वैकल्पिक सदस्यीय पोलिट्ब्यूरो रहने प्रस्ताव सर्वसम्मतले पारित भएको हो । तर पार्टीमा लामो समय योगदान गरेका नेताहरूको नाम पोलिटब्युरोमा समावेश नभएको भन्दै विरोध भएपछि बैठक एक घण्टाको लागि स्थगित भएको थियो ।

विरोधपछि प्रचण्डले एक सय २५ जना पोलिटब्युरो सदस्य रहने र बाँकी ३१ जना वैकल्पिक सदस्यको रूपमा रहने भन्दै विवाद मिलाए । उनले ‘सिनियर’ नेता पोलिब्युरो र ‘जुनियर’ नेता वैकल्पिक पोलिटब्युरो सदस्य हुने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्