राजनीति

माओवादीले १५ जना स्थायी कमिटी सदस्यको नाम टुङ्ग्यायो

२३ असार २०७९, बिहीबार १२:२९
माओवादीले १५ जना स्थायी कमिटी सदस्यको नाम टुङ्ग्यायो

२३ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी ४१ सदस्यीय हुने भएको छ । तर, अध्यक्ष प्रचण्डले तत्कालीन नेकपाकालीन स्थायी कमिटीमा रहेका १५ जनाबाहेक अरुको नाम भने बैठकमा प्रस्तुत गरेनन् ।

प्रचण्डले यसअघि नै सदस्य रहेका १५ जनाको नाम वाचन गर्नुभएको छ । बाँकीको नाम छिटै टुङ्गो लगाउने उहाँको भनाइ छ । प्रचण्डले आफूसहित नारायणणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, गणेश शाह, गिरिराजमणि पोखरेल, चक्रपाणि खनाल, जनार्दन शर्मा, देव गुरुङ, देवेन्द्र पौडेल, पम्फा भुसाल, वर्षमान पुन, मात्रिका यादव, लीलामणि पोखरेल, शक्तिबहादुर बस्नेत र हरिबोल गजुरेलको नाम टुङ्गिएको र बाँकीको पनि चाँडै टुङ्ग्याउने बताए ।

नेकपाकालीन स्थायी कमिटीका १५ जना निम्न छन्:
१) पुष्पकमल दाहाल प्रचण्ड
२) नारायणणकाजी श्रेष्ठ
३) कृष्णबहादुर महरा
४) गणेश शाह
५) गिरिराजमणि पोखरेल
६) चक्रपाणी खनाल
७) जनार्दन शर्मा
८) देव गुरुङ
९) देवेन्द्र पौडेल
१०) पम्फा भुसाल
११) वर्षमान पुन
१२) मात्रिका यादव
१३) लीलामणि पोखरेल
१४) शक्तिबहादुर बस्नेत
१५) हरिबोल गजुरेल

प्रतिक्रिया दिनुहोस्