राजनीति

माओवादीको पोलिटब्युरो १ सय ५६ सदस्यीय हुने

२३ असार २०७९, बिहीबार १२:२६
माओवादीको पोलिटब्युरो १ सय ५६ सदस्यीय हुने

२३ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रको ४१ सदस्यीय स्थायी कमिटी गठन गर्ने निर्णय केन्द्रीय समितिले गरेको छ ।

तर, अध्यक्ष प्रचण्डले तत्कालीन नेकपाकालीन स्थायी कमिटीमा रहेका १५ जनाबाहेक अरुको नाम भने बैठकमा प्रस्तुत गरेनन् । काठमाण्डौमा चलिरहेको केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय कमिटीका सदस्यका एक तिहाइसम्म स्थायी कमिटी सदस्य बनाउन सकिने विधानमा भएको व्यवस्थाअनुसार ४१ सदस्यीय स्थायी कमिटी हुने जानकारी दिए ।

बिहीबार काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा जारी केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राखेको १२५ जना पूर्ण सदस्य र ३१ जना वैकल्पिक सदस्यीय पोलिट्ब्यूरो रहने प्रस्ताव सर्वसम्मतले पारित भएको हो ।

तर पार्टीमा लामो समय योगदान गरेका नेताहरूको नाम पोलिटब्युरोमा समावेश नभएको भन्दै विरोध भएपछि बैठक एक घण्टाको लागि स्थगित भएको थियो । विरोधपछि प्रचण्डले एक सय २५ जना पोलिटब्युरो सदस्य रहने र बाँकी ३१ जना वैकल्पिक सदस्यको रूपमा रहने भन्दै विवाद मिलाए । उनले ‘सिनियर’ नेता पोलिब्युरो र ‘जुनियर’ नेता वैकल्पिक पोलिटब्युरो सदस्य हुने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्