मुख्य समाचार

संघीय चुनाव मंसिर २ गते गर्न आयोगको प्रस्ताव

२२ असार २०७९, बुधबार ११:२७
संघीय चुनाव मंसिर २ गते गर्न आयोगको प्रस्ताव

२२ असार, काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन आगामी मंसिर २ गते गर्न सरकारलाई प्रस्ताव गरेको छ ।

बुधबार प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटार पुगेर प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहितको टोलीले मंसिर २ मा निर्वाचन गर्न सिफारिस गरेको हो ।

निर्वाचनको मिति निर्वाचन आयोगको सिफारिसमा सरकारले तोक्ने कानुनी व्यवस्था छ । निर्वाचन आयोग स्रोतका अनुसार आयोग पदाधिकारीले १२०  दिन तयारीको समय पुग्ने गरी मिति घोषणा गर्न प्रधानमन्त्री देउवालाई आग्रह गरेका छन् ।

आयोगका पदाधिकारीसँगको छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाण, सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की, कानुनमन्त्री गोविन्द बन्दी, मुख्यसचिव शंकरदास बैरागी लगायत सहभागी थिए । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले रातोपाटीसँग भने, ‘हामीले मंसिर २ गते शुक्रबारको मिति प्रस्ताव गरौं । हामीले एकै चरणमा निर्वाचन गर्ने गरी प्रस्ताव गरौं ।’

प्रतिक्रिया दिनुहोस्