राजनीति

संयोजक शैलेन्द्रद्वारा भाइरल कृषि सडकको अवलोकन

२१ असार २०७९, मंगलवार १५:४९
संयोजक शैलेन्द्रद्वारा भाइरल कृषि सडकको अवलोकन

२१ असार, कालिकोट । निर्माणधिन थामकोट, बद्रिगाउँ हुँदै ताडीसम्म कृषि सडकको आर.सी.सी ढलानको माओवादी जिल्ला समन्वय समितिका संयोजक लक्ष्मी प्रसाद चौलागाई(शैलेन्द्र)ले अवलोकन गरेका छन् ।

जेठ २७ गते संयोजक शैलेन्द्रद्वारा सडकको शिलान्यास गरेका थिए । शिलान्यास गरेको एक महिना नबित्दै संयोजक शैलेन्द्र सडक अवलोकनमा व्यस्त रहेका छन् ।

आफुले उत्पादन गरेको बस्तु उपभोग र वितरण गर्ने उदेश्यले थामकोट, बद्रिगाउँ हुँदै ताडीसम्मको कृषि सडकको आर.सी.सी गरेको संयोजक शैलेन्द्रले बताएका छन्। साथै बाँकी रहेको सडकको पनि चाडै आर.सी.सी हुने संयोजक शैलेन्द्रले बताएका छन् ।

शिलान्यास गरे लगतै निर्माण व्यवसायी गणेश आचार्यले सडक मर्मत आर.सि.सि ढलान लगायत तिब्र रुपमा काम अघि बढाएका छन् । अभियान निर्माण सेवाबाट संचालित बर्दिगाउँ कृषि सडक तिब्र रुपमा निर्माण भइरहेको छ । वडा नम्बर ३ र ४ वडाका जनताले आफुले उत्पादन गरेको बस्तुहरु बजारसम्म पुर्याउनको लागि सडक आर.सी.सी ढलान गरेको निर्माण व्यवसायी आचार्यले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्