समाचार

बस दुर्घटना हुँदा ४० जना घाइते

२१ असार २०७९, मंगलवार ०५:५२
बस दुर्घटना हुँदा ४० जना घाइते

२१ असार, रामेछाप । रामेछापको सुनापती गाउँपालिका–५ स्थित लुभुघाटमा बस दुर्घटना भएको छ ।

मंगलबार बिहान काठमाडौं आउँदै गरेको बा ३ ख ८३९६ नम्बरको अरनिको यातायातको बस खाँडादेवी गाउँपालिका -१ लुभुघाटमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।

दुर्घटनामा परेर ४० जना घाइते भएका छन् । घाइतेहरुको उद्दार कार्य जारी छ । एम्बुलेन्सबाट ७ जनालाई धुलिखेल अस्पतालमा पठाइएको छ । घटनास्थलतर्फ प्रहरीको टोली परिचालन भइसकेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्