मुख्य समाचार

अध्यक्ष प्रभानन्द आचार्यद्वारा निर्माणधिन भाइरल रोडको अवलोकन

१९ असार २०७९, आईतवार १५:५५
अध्यक्ष प्रभानन्द आचार्यद्वारा निर्माणधिन भाइरल रोडको अवलोकन

१९ असार, कालिकोट । जिल्लाको खाँडाचक्र नगरपालिका वडा ४ का वडा अध्यक्ष प्रभानन्द आचार्यले निर्माणधिन सडकको अवलोकन गरेका छन् ।

कृषि रोड अहिले भाइरल रोडको नाम चर्चित छ । वडा ४ लाई सदरमुकाम जोड्ने माओवादी केन्द्र जिल्ला अध्यक्ष लक्ष्मी प्रसाद चौलागाई(शैलेन्द्र), निर्माण व्यवसायी गणेश आचार्य, वडा अध्यक्ष आचार्य पहलमा लागि परेका छन् ।

अध्यक्ष आचार्यले पदभार ग्रहण गरेको ३ हप्तामै आफ्नो प्रतिबद्धता पुरा गरेका छन् । अहिले थामकोट, बर्दिगाउँ देखि ताडीसम सडक आर. सि.सि ढलान तिब्र रुपमा भइरहेको छ ।

जनताको सेवा नै मेरो धर्म हो । जति सक्दो अब वडा ४ बासीले विकासका पूर्वाधारको कमिको महसुस नहुने अध्यक्ष आचार्यले बताएका छन् । युवा नेता नयाँ जोस र जागरणसहित फिल्डमा आएका छन्  । अघिल्लो सरकारले माखोसमेत नमरेको सरकार। निर्वाचित अध्यक्ष आचार्यले २ महिना नहुँदै बिभिन्न योजना बनाइ रहेका छन ।  समाजसेवा देखि कृषि देखि स्वास्थ्य, शिक्षा, युवा रोजगार लगायत नयाँ कार्यक्रम ल्याउने अध्यक्ष आचार्यले बताएका छन् ।

अध्यक्ष आचार्यले सामाजिक संजाल अर्थात फेसबुकमा लेखेका छन् “ सदियौंदेखि धेरै कष्टकर माया अवस्थालाई चिर्दै आज विकासको अनुभूति र अवसर दिलाउनेको लागि हामी निरन्तर खटिरहेका छौँ । र खटिरहनेछाै । जस अनुसार आज निर्बाचन पश्चात् समाजमा विकासकाे काचुलि र खुसिकाे काेसेलि बाेकेर आउनु हुने पार्टीका निर्माण व्यवसायी संगठनका केन्द्रीय सदस्य दाजु गणेश आचार्य लाई हिर्दय देखि धन्यबाद छ । हजुरकाे सदा साथकाे अपेच्छामा छु । हजुरकाे साथ सहयाेगले मात्र हाम्राे ठाउँ समृद्ध भने सम्भावना छ । जनताकाे सरकार र हामीले जनतासंग गरेका बाचा पूरा परेका छौँ ।

प्रतिक्रिया दिनुहोस्