राजनीति

माओवादी केन्द्रको केन्द्रिय सदस्यमा कालिकोटबाट तिन जना मनाेनित

१९ असार २०७९, आईतवार १३:१५
माओवादी केन्द्रको केन्द्रिय सदस्यमा कालिकोटबाट तिन जना मनाेनित

१९ असार, काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको केन्द्रिय सदस्यमा कालिकोटबाट ३ जना केन्द्रिय सदस्यमा मनाेनित भएका छन्।

जसमा संसद दुर्ग बहादुर रावत, जीवन बहादुर बुढा र अखिल क्रान्तिकारी विद्यार्थी संगठनकी अध्यक्ष पंचा सिंह केन्द्रिय सदस्यमा मनाेनित भएकी छिन् ।

कमलादीस्थित प्रज्ञा भवनमा आजदेखि सुरु भएको केन्द्रीय समितिको बैठकमा उनीहरु मनाेनित भएका हुन् ।  बैठकको प्रारम्भमा नै अध्यक्ष प्रचण्डले पूर्व स्थायी समितिको बैठकबाट पार्टीको केन्द्रीय समितिमा मनोनित गरिएका केन्द्रीय सदस्यलाई पद तथा गोपनियताको शपथ गराएका छन् । बैठकमा अध्यक्ष प्रचण्डले विभिन्न नौ वटा एजेण्डामा छलफल हुने जानकारी गराउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्