समाचार

धर्ती फाउण्डेसनलाई एम्बुलेन्स वितरण

१९ असार २०७९, आईतवार ०८:३९
धर्ती फाउण्डेसनलाई एम्बुलेन्स वितरण

१९ असार, कालिकोट । नेपाल भारत मैत्री कार्यक्रमद्वारा धर्ती फाउण्डेसनलाई एम्बुलेन्स वितरण गरेको छ ।

नेपाल भारत मैत्री कार्यक्रम अन्तर्गत धर्ती फाउण्डेसनको तर्फबाट नेपाली कांग्रेस कर्णाली प्रदेशका प्रवक्ता दमन बहादुर शाहीलाई एम्बुलेन्स हस्तान्तरण गरेको छ  ।

कालिकोट  विकासका र भौगोलिक रुपमा पछि परेको जिल्ला हो ।  यहाँका महिला सुत्केरी र बिरामी हुँदा पनि एम्बुलेन्स नपाएर धेरैले अकालमा ज्यान गुमाउनु परेको छ । यो भन्दा पहिला पनि जिल्लामा एम्बुलेन्स नभएको चाही होइन । भौगोलिक विकटता कारण कुनै ठाउँमा सडक नै पुगेको छैन ।

कालिकोटका गरीब तथा अप्ठ्यारोमा परेका जनताका लागि हाम्रो एम्बुलेन्स सदा समर्पित हुनेछ । यो सुखद् क्षणमा सम्पूर्ण धर्ति फाउण्डेसनलाई प्रवक्ता दमन बहादुर शाहीले शुभेच्छुक व्यक्त गरेका छन् ।

आइतबार भारतीय दूतावासले नेपाललाई ७५ वटा एम्बुलेन्स र १७ वटा स्कुल बस हस्तान्तरण गरेको हो । उक्त एम्बुलेन्स तथा स्कुल बस हस्तान्तरण कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललगायतको उपस्थिति रहेको भारतीय दूतावासले जानकारी दिएको छ ।

भारतीय दूतावास नविन श्रीवास्तवले विभिन्न संघसंस्था तथा विद्यालयका प्रतिनिधिहरूलाई एम्बुलेन्स र बसको साँचो हस्तान्तरण गरेका थिए ।

भारतद्वारा नेपाललाई दियो ७५ एम्बुलेन्स र १७ वटा स्कुल बस

प्रतिक्रिया दिनुहोस्