राजनीति

भारतद्वारा नेपाललाई दियो ७५ एम्बुलेन्स र १७ वटा स्कुल बस

१९ असार २०७९, आईतवार ०८:०२
भारतद्वारा नेपाललाई दियो ७५ एम्बुलेन्स र १७ वटा स्कुल बस

१९ असार, काठमाडौं । भारतीय दूतावासले नेपालका विभिन्न संघसंस्थाहरूलाई एम्बुलेन्स तथा विद्यालयलाई बस प्रदान गरेको छ ।

आइतबार भारतीय दूतावासले नेपाललाई ७५ वटा एम्बुलेन्स र १७ वटा स्कुल बस हस्तान्तरण गरेको हो । उक्त एम्बुलेन्स तथा स्कुल बस हस्तान्तरण कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललगायतको उपस्थिति रहेको भारतीय दूतावासले जानकारी दिएको छ ।

भारतीय दूतावास नविन श्रीवास्तवले विभिन्न संघसंस्था तथा विद्यालयका प्रतिनिधिहरूलाई एम्बुलेन्स र बसको साँचो हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्