राजनीति

१० मीनेटपछि बल्ल एमाले सचिवालय बैठक

१९ असार २०७९, आईतवार ०५:५३
१० मीनेटपछि बल्ल एमाले सचिवालय बैठक

१९ असार, काठमाडौं । नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । बैठक अहिले केही बेरपछि बस्न लागेको छ । बिहान ११ बजे केन्द्रीय कार्यालय च्यासल,ललितपुरमा बैठक राखिएको हो ।

प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार बैठकमा आगामी निर्वाचनको तयारी, प्रचार कामको व्यवस्थापन, वैचारिक-राजनीतिक प्रशिक्षण, सदस्यता विस्तार र नवीकरण, विभागहरूको काम व्यवस्थापनलगायतका सातवटा कार्यसूचीमा छलफल र निर्णय हुनेछ।

बैठकमा आगामी संघीय चुनावको तयारी तथा समसायिक विषयमा छलफल हुने एमालेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्