राजनीति

प्रधानमन्त्रीसहित गठबन्धनका शीर्ष नेताले निजगढ विमानस्थलको अवलोकनमा

१८ असार २०७९, शनिबार ०५:२८
प्रधानमन्त्रीसहित गठबन्धनका शीर्ष नेताले निजगढ विमानस्थलको अवलोकनमा

१८ असार, बारा । सत्तारुढ पाँच दलीय गठबन्धनका नेताहरुले बाराको निजगढस्थित ‘अन्तर्राष्ट्रिय विमानस्थल निर्माणस्थल’को शनिवार बिहान स्थलगत निरीक्षण गर्ने भएका छन् ।

आज बिहान १० बजेतिर गठबन्धनका शीर्ष नेताहरू प्रधानमन्त्री शेरबहादुर देउवासहित पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधव नेपाल, उपेन्द्र यावदसहितका नेताहरू निजगढ जान लागेका हुन् ।

वातावरण र पूर्वाधार विकासबीच सन्तुलन कायम गरेर विमानस्थल निर्माण गर्न सकिने सर्वोच्च अदालतको फैसलापछि नेताहरू निजगढ जान लागेका हुन् ।

गठबन्धनका शीर्ष नेताहरू निजगढ पुगेका प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । उनले फेसबूकले लेखेका छन्, ‘निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको सरकारी निर्णयमा अदालतले अंकुश लगाएको केही दिनमै शीर्ष नेताहरू स्थलगत अध्ययनको लागि निजगढ पुग्नुभएको हो ।’

प्रतिक्रिया दिनुहोस्