राजनीति

सबै मन्त्री फिर्ता बोलाउँदै जसपा, नयाँ नामबारे छलफल गर्दै

१७ असार २०७९, शुक्रबार ०५:५७
सबै मन्त्री फिर्ता बोलाउँदै जसपा, नयाँ नामबारे छलफल गर्दै

१७ असार, काठमाडौं ।  जनता समाजवादी पार्टी (जसपा)ले पार्टीबाट सरकारमा सहभागी सबै मन्त्रीलाई फिर्ता बोलाएको छ ।

पुराना मन्त्रीहरुलाई बोलाएर नयाँलाई केन्द्र सरकारमा पठाउने तयारी गरिरहेको स्रोतले जनाएको छ । जसपाको तर्फबाट अहिले सरकारमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठ, कृषि तथा पशुपक्षी विकास मन्त्री महिन्द्रराय यादव, भौतिक पुर्वाधार तथा यातायात मन्त्री रेणु कुमारी यादव, वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद छन् ।

उनीहरूलाई फिर्ता बोलाए पनि पुनः सरकारमा सहभागी हुने मन्त्रीहरूबारे केही खुलाइएको छैन ।

प्रतिक्रिया दिनुहोस्