मनोरञ्जन

प्रचण्डलाई भेट्न राजेश हमाल खुमलटार

१७ असार २०७९, शुक्रबार ०५:२३
प्रचण्डलाई भेट्न राजेश हमाल खुमलटार

१७ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र महानायक राजेश हमालबीच भेटवार्ता भएको छ । उनीहरूबीच आज बिहान खुमलटारस्थित प्रचण्डनिवास भेटवार्ता भएको हो ।

भेटमा संगीतकार चेतन सापकोटा पनि सहभागी थिए । उनका अनुसार प्रचण्ड र हमालबीच समसामयिक राजनीतिक, नेपाली चलचित्र क्षेत्रका समस्या र समाधानका उपाय लगायतका विषयमा कुराकानी भएको थियो ।

चलचित्र विकास बोर्डको रिक्त अध्यक्ष पदमा नियुक्तिका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले दरखास्त आह्वान गरेपछि करिब एक दर्जन आकांक्षीहरु शक्ति केन्द्र धाइरहेको बेला आज बिहान राजेश हमाल प्रचण्डलाई भेट्न खुमलटार पुगेका थिए ।

एक्लाएक्लै भएको भेटमा भएको कुराकानीको विषय सार्वजनिक भएको छैन । प्रचण्डको सचिवालयका सदस्यहरुले पनि कुराकानीको विषयबारे अनभिज्ञता प्रकट गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्