राजनीति

शुभकालिकामा चाडै भौतिक पूर्वाधार पुग्छ : अध्यक्ष अनिल

१७ असार २०७९, शुक्रबार ०५:०३
शुभकालिकामा चाडै भौतिक पूर्वाधार पुग्छ : अध्यक्ष अनिल

१७ असार, कालिकोट । शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार शुभकालिका गाउँपालिकाका सबै वडामा पुराउने लक्ष्य रहेको अध्यक्ष गोविन्द आचार्य (अनिल)ले बताएका छन् ।

अध्यक्ष अनिलले पदभार ग्रहण दिन पहिलो एजेन्डा पेस गरेका थिए ।  चैत १३ र १४ गते आएको विनासकारी हिउँदे असिनाबाट मर्कामा परेका किसानलाई  गाउँपालिकाले साझेदारी गरेर विश्व खाद्य संघ लागु गरि ” काम गरेर कमाइ खौ” मूल नारा साथ हाम्रो पालिकामा संझौता भइसकेको अध्यक्ष अनिल आचार्यले बताएका छन् ।+

May be an image of 6 people and people standing

गाउँ पालिका नीति तथा कार्यक्रम संम्पन्न भएको छ। २०७९/८० का योजनाहरु अनुगमन र मूल्यांकन गर्दै कुन तरिकाले बढ्ने कुरा भएको छ  । जनताको जनभवनालाई साझेदारी गरि अघि बढ्ने । शिक्षा र स्वास्थ्यको नीतिलाई परिमार्जन गर्ने ।

पार्टी अध्यक्ष र गाउँपालिकाको अध्यक्ष हुँदा के फरक पाउनु भो ?

हामीले अध्यक्षसँग प्रश्न गरेका थियौं । अध्यक्ष भने सत्ता भनेकै आम जनताको मातहतमा चल्ने बिधि हो । सत्ता भनेकै आफ्नो पार्टीको नीति विधिमा चलेको संगठन सुधार र विस्तार गर्नु नै पार्टी को जिम्मेवारी हो । पार्टीले दिएको जिम्मेवारी नै पुरा गर्नु नै पदिय जिम्मेवारी हुन्छ ।

तर पार्टी ले दिएको निर्देशन अनुसार नीति तथा कार्यक्रम हुबहु नभए पनि । जनताको जनाधिकार र जनताको जनाभासलाई केन्द्रित गरेर सुशासन र दिगो विकासमा परिवर्तन ल्याउनु सत्ताको अपरिहार्य आवश्यकता  हो । जो हिजोको सत्ताले जुन काम काज गर्दै आए । बिगतका गणतन्त्र अघिका सरकार र पछि सत्तामा सुदृढ पर्नु पार्टीको निर्देशनमा सत्ता चल्नु आजको आवश्यकता हो भने आफुले बुझेको अध्यक्ष अनिल बताए ।

युवालाई बैदेशिक रोक्न केके पहल गर्नु भएको छ ?

उत्पादन, उपभोग र वितरण प्रणालीमा नै हाम्रो देश कमजोर छ । यसमा उद्योग, कारखाना छैन । साना घरेलु उद्योगलाई बिकसित गर्दै जानु पर्छ भने मूल उद्श्य रहेको छ । शुभकालिका गाउँपालिकामासाना घरेलु २ वटा उद्योग छन् । जुन आलोको कपना बनाउने उद्योग र अर्को ढाका सिलाइ बुनाइको उद्योग छ ।

साथै खानिको हिसाबले काइनेट खानि समेत शुभकालिकामा रहेको छ । काइनेट खानि व्यस्थित पर्नको निम्ति बिभागले ओझेलमा परेको छ । खानि संबन्धित सरकारले हामीलाई कुनै अधिकार दिएको छैन। सरकारले यसको अधिकार खानी बिभागलाई दिएको कारण हामीले व्यस्थित पर्न सकेका छैन । आदि त्यो खानी हाम्रो मातहतमा दिएको भए राज्यको करसहित युवाहरुलाई रोजगार दिने हाम्रो प्रतिबद्धता थियो । व्यस्थित पर्नको निम्ति स्थानीय र प्रदेश र संघिय सरकार पहल गरेका छौँ ।

प्रतिक्रिया दिनुहोस्