राजनीति

संयोजक शैलेन्द्रद्वारा बाख्रा तथा जडिबुटीको अनुगमन

१५ असार २०७९, बुधबार १५:५८
संयोजक शैलेन्द्रद्वारा बाख्रा तथा जडिबुटीको अनुगमन

१५ असार, कालिकोट । नेकपा माओवादी केन्द्रका जिल्ला समन्वय समिति संयोजक नेता लक्ष्मीप्रसाद चौलागाईं(शैलेन्द्र)ले बाख्रा पालन तथा  जडिबुटी उत्पादनको अनुगमन गरेका छन् ।

बाख्रा तथा जडिबुटी उत्पादनको अवस्था के कस्ता छ भनेर संयोजक शैलेन्द्र अनुगमन गरेका छन । साथै, यसबाट बाख्रा र जडिबुटी फाइदा र घाटासमेत सोधपुछ गरेका छन् । जडिबुटीलाई बजारीकरण गर्नको लागि आफुबाट के के सहयोग गर्नु पर्छ आफु पहल गर्ने संयोजक शैलेन्द्रले बताएका छन् ।

May be an image of 5 people, people standing, animal and outdoors

तस्बिर: भिम प्रसाद आचार्य

शैलेन्द्रसंगै प्रदेश सदस्य गंगा खड्का(विरोध), शुभकालिका गाउँपालिका वडा नम्बर ८ का अध्यक्ष दिपराज महतारा ,सदस्य रणवहादुर सेजुवालले बाख्रा पालन जडिबुटी उत्पादनको अनुगमन गरेका छन् ।

May be an image of plant and nature

तस्बिर: भिम प्रसाद आचार्य

प्रतिक्रिया दिनुहोस्