समाचार

आज १९ औं राष्ट्रिय धान दिवस मनाइँदै

१५ असार २०७९, बुधबार ०७:३२
आज १९ औं राष्ट्रिय धान दिवस मनाइँदै

१५ असार, काठमाडौं ।१९ औ राष्ट्रिय धान दिवश आज मनाइँदैछ । धान रोपौं, खाद्यान्नमा आत्मनिर्भर बनौं नाराका साथ राष्ट्रिय धान दिवस मनाउन लागिएको हो । २०६२ सालको असार १५ देखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । आजका दिन धान रोपाई सँगै दही चिउरा खाने, असारे गित गाउने चलन पनि छ ।

तर सदियौँ देखि असारको १५ लाई दही चिउरा खाने, धान रोप्ने अनि रोपाई लाई उल्लासका रूपमा सामूहिक रूपमा मनाउने चलन थियो । यस वर्ष १९औँ धान दिवसका रूपमा नेपाल भरि मनाँइदैछ । कृषकहरूको मनोबल उच्च राख्दै कृषि पेसाको समस्या र मुद्धाहरु उपर चिन्तन गर्न यस दिवसको बेग्लै महत्त्व छ ।

रोपाई खेतमा नै गएर दही च्यूरा खाने चलन भएकाले पनि युगौयुगान्तर देखि असार १५ लाई रोपाई को मध्यका रूपमा दही चिउरा खाने दिन पनि भनिएको हो ।

 धान रोप्ने अनि मानो खाएर मुरी उब्जाउने यस महिना कृषि कार्यका लागि विशिष्ट छ । असारको १५ लागेपछि बादलहरू पूर्णरुपले परिपक्व भएर पानीका धाराहरू बर्साउँदछन्, माटोहरू पानीमा रुझेर हिलोको स्वरुप कमलो हुन्छ अनि तिनै कमलो माटोमा हामीले छुपुछुपु धानका बिरुवाहरू रोप्दछौ । यस कारणले पनि होला असारको १५ लाई राष्ट्रिय धान दिवसका रुपमा मानिन्छ है । सकेसम्म आज एकफेर धानको बिरुवा अनि हिलोसँग पौँठे जोरी खेलेर हेरौँ, नेपाली परिवेशको जीवनशैली प्रकृति र माटोसँग अत्यन्त निकट छ है ।

दहीच्युराको संस्कृतिदहीच्युराको संस्कृति

असार १५ लाई नेपाली समाजमा दहीच्युरा खाने पर्वका रूपमा पनि लिइन्छ । कृषिसहित सबै पेशा व्यवसायमा लागेका नेपालीहरुले आज दहीच्यूरा खाई असार १५ मनाउँछन् ।

औपचारिकरूपमा सरकारले निर्णय गरेर राष्ट्रिय धान दिवस घोषणा गर्नु अघिदेखि नै नेपालमा असार १५ गते दहीच्युरा खाने चलन चल्दै आएको थियो । दहीच्युराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । दही वैज्ञानिक दृष्टिले पनि स्वास्थ्यवर्द्धक मानिन्छ ।

असार महिनाको साहित्यिक महत्त्व
आषाढ महिनाको सामाजिक र आर्थिक मात्र नभईकन साहित्यिक महत्त्व पनि उत्तिकै रहेको छ । आषाढे महिनामा पानी पर्‍यो रुझाउने, आषाढे मासमा धान रोपेझैँ खेतमा लगायतका विभिन्न रोमाञ्चक र जनमानसमा प्रचलित गीतहरू पुस्तौँ देखी आषाढको सेरोफेरोमा लेखिएका र गाइएका छन् तथापि पहिले पहिले जस्तो रोपाईका गीतहरू खेतमा लाम लागेर धान रोप्दै सामूहिक रूपमा गीत गाउँदै गरिने धेरै कम मात्र पाइन्छ । यस्ता गीतहरू धान रोप्दै गाइने भएकाले सरल र सुस्तरी गाइन्छ, जसले गर्दा काम गर्ने खेतालाहरूले थकान बिर्सेर धेरै बेरसम्म रमाइलो गर्दै काम गर्न सक्दछन् ।

आषाढेको झरीले धानको रोपाईं  राम्रो होस, त्यो झरीको पानीले हाम्रो दुःख कष्ट पनि बगाओस् अनि धानको बिउँ सँगै एक अर्कासँग माया प्रेम र सद्भावको पनि बीजारोपण गर्न सकौँ, माया बढिरहोस् । घरका छानाहरू पानीका थोपाले बजिरहँदा आशाको सन्देश अनि मायाको प्रवाह होस्, चुहिने छानाहरू टालिँदै जाउन् अनि तुहिने सपनाहरू जागृत हुँदै जाउन् ।

प्रतिक्रिया दिनुहोस्