समाचार

स्कुल बसको ठक्करबाट १ जनाको मृत्यु, १ घाइते

१५ असार २०७९, बुधबार ०७:१९
स्कुल बसको ठक्करबाट १ जनाको मृत्यु, १ घाइते

१५ असार, विराटनगर । स्कुल बसले ठक्कर दिँदा मोरङको रंगेलीमा एक बालकको मृत्यु भएको छ । एकजना बालिका गम्भीर घाइते भएकी छन् ।

मंगलबार दिउँसो साढे ३ बजे माउन्टेन मकालु बोर्डिङ स्कुलको को. १ क ११३० नम्बरको बसले स्कुलको गेट अगाडि सोही स्कुलका ४   बर्षीय रितिक मण्डल र बर्षीया सुनम कुमारी मण्डललाई ठक्कर दिएकाे थियाे।

बसको ठक्करबाट नर्सरीमा अध्ययनरत रंगेली–५ का महादेव मण्डलका छोरा अन्दाजी ४ वर्षीय रितिक मण्डलको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए ।

बसको ठक्करबाट एलकेजीमा पढ्ने रंगेली–६ का नरेश मण्डलकी छोरी अन्दाजी ६ वर्षीया सुनमकुमारी मण्डल गम्भीर घाइते भएको श्रेष्ठले बताए । उनलाई थप उपचारका लागि विराटनगरतर्फ ल्याइँदै छ ।  बोर्डिङ छुट्टि भएपछि घरतर्फ जाँदै गरेका बालबालिकालाई बोर्डिङअगाडि नै बसले पछाडिबाट ठक्कर दिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्