राजनीति

राज्यमन्त्री विमला वलीले दिइन् राजीनामा

१५ असार २०७९, बुधबार ०६:५७
राज्यमन्त्री विमला वलीले दिइन् राजीनामा

१५ असार, बुटवल । लुम्बिनी प्रदेश सरकारकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीले पदबाट राजीनामा दिएकी छन् ।

उनले आफ्नो राजीनामा मुख्यमन्त्री कुलप्रसाद केसीलाई बुझाएको स्रोतले दावी गरेको छ । माओवादी केन्द्रका प्रदेश अध्यक्ष सुदर्शन बरालले आफूले पनि वलीले राजीनामा बुझाएको थाहा पाएर मुख्यमन्त्री कार्यालयमा बुझ्न गएको बताए ।

दाङका वाईसीएल नेता एकराज बस्नेतको घरमा गएर बस्नेतकी श्रीमती र छोरीलाई हातपात गरेको अभियोगमा उनीमाथि छानबिन भइरहेको छ ।

पति उत्तरकुमार ओलीको निधन भएपछि विमला दाङ क्षेत्र नम्बर ३ (ख)मा भएको उपनिर्वाचनमा निर्वाचित भएकी थिइन् । नेकपाबाट निर्वाचित वलीले माओवादी केन्द्र रोजेकी छिन् । सरकार गठनमा नै उनको मत निर्णायक भएपछि स्वास्थ्य राज्यमन्त्री बनाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्