समाचार

महाबै गाउँपालिकामा असार १२ गते देखि स्वास्थ्य शिविर संचालनमा

१४ असार २०७९, मंगलवार १४:४०
महाबै गाउँपालिकामा असार १२ गते देखि स्वास्थ्य शिविर संचालनमा

१४ असार, कालिकोट । जिल्लाको महाबै गाउँपालिकाले असार १२ गते देखि स्वास्थ्य शिविर कार्यक्रम संचालन गरेको छ ।

कार्यक्रम असार १२ देखि असार १७ गतेसम्म हुने भएको छ । स्वास्थ्य चौकी ओदानकु, महावै सामुदायिक अस्पताल, स्वास्थ्य इकाइ गेला, स्वास्थ्य चौकी कुनि, स्वास्थ इकाइ कतमपुर स्वास्थ्य इकाइ राम्नि /कोटबाडामा स्वस्थ्य शिविर कार्यक्रम हुने भएको छ।

गाउँपालिकाले अस्थि अर्थात आइतबार असार १२ गते देखि स्वास्थ्य शिविर कार्यक्रम गर्दै आएको छ । स्वास्थ्य शिविर कार्यक्रममा  प्रेसर, सुगर, दम र गर्भवती महिलाहरुलाई मध्यनजर गर्दै यु.एस.जी(भिडियो एक्सरे) लगायत कार्यक्रम ल्याएको छ ।

गाउँपालिका सम्पूर्ण वडाका वडा अध्यक्ष र स्वास्थ्य संस्था प्रमुखहरुलाई आफ्नो अधिनमा रहेका वडालाई जानकारी गरि सहयोग गर्न गाउँपालिकाका अध्यक्ष खेम बहादुर सिंह(भिजन)ले अपिल गराएका छन् ।

साथै, गाउँपालिका बासिलाई सुनौलो अवसर आएको छ । आफ्नो र आफ्नो परिवारको स्वास्थ्य चेकजाँच गरि आफु र आफ्नो परिवार स्वस्थ रहन गाउँपालिका बासिलाई अध्यक्ष भिजनले आग्रह गरेका छन् ।

यस्तो छ कार्यतालिका:

२०७९/०३/१२ गते – स्वास्थ्य चौकी ओदानकु
२०७९/०३/१३ गते – महावै सामुदायिक अस्पताल
२०७९/०३/१४ गते – स्वास्थ्य इकाइ गेला
२०७९/०३/१५ गते – स्वास्थ्य चौकी कुनि
२०७९/०३/१६ गते – स्वास्थ्य इकाइ राम्नि /कोटबाडा
२०७९/०३/१७ गते – स्वास्थ इकाइ कतमपुर

प्रतिक्रिया दिनुहोस्