राजनीति

मेयर कमल बहादुर शाहीद्वारा सुनार खाेलाको अवलोकन

१३ असार २०७९, सोमबार १५:१४
मेयर कमल बहादुर शाहीद्वारा सुनार खाेलाको अवलोकन

१३ असार, कालिकोट ।  जिल्लाको खाँडाचक्र नगरपालिका मेयर कमल बहादुर शाहीद्वारा सुनार खाेलाको अवलोकन गरेका छन् ।

कर्णाली राजमार्गको कालिकोट मान्म स्थित सुनार खाेलामा बर्षाको बेला बारम्बार पहिरो गइरहने गर्दा यात्रुहरु र पर्यटक र विकासका निर्माणका काम बाधक बनेकाले यसको छिटै समाधान गर्ने मेयर शाहीले बताए ।

हिउँदको बेला सडक निर्मणको काम गर्दा पनि बर्षासहित मनसुन सुरु भय यता सो खाेला पहिरोले गर्दा पुरानै अवस्थामा फर्कने गरेको मेयर शाहीले बताएका छन् ।

बर्षाको बेला यात्रुवाहक गाडी र यात्रुहरुले सास्ती भोक्दै आएको मेयर शाहीले स्मरण गराएका छन् । अब हामीले यसको वैज्ञानिक तरिकाले समाधान गर्ने प्रदेश सरकार र केन्द्रीय सरकारसँग पनि पहल गर्ने मेयर शाहीले जनाएका छन् ।

अवलोकन गर्न मेयर शाहीसहित प्रमुख जिल्ला अधिकारी रामहरि शर्मा, डिएसपी सिद्वराज न्याैपाने, सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख राजिब श्रेष्ठ, प्रमुख प्रशासकिय अधिकृत देवेन्द्र प्रसाद श्रेष्ठ, प्रशासन शाखा प्रमुख प्रवलजंग शाही, वडाअध्यक्ष दिपक कार्की, पत्रकार महासंघ कालिकाेटका अध्यक्ष भरतराज बिष्टलगायतको टोलिले अनुगमनमा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्