समाचार

एकीकृत समाजवादीको केन्द्रीय परिषद् बैठक बस्दै

१३ असार २०७९, सोमबार ०२:०१
एकीकृत समाजवादीको केन्द्रीय परिषद् बैठक बस्दै

१३ असार, काठमाडौं । नेकपा एकीकृत समाजवादीको प्रथम केन्द्रीय परिषद् बैठक आज सोमवार काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा हुने भएको छ ।

प्रज्ञा भवन कमलादीमा बस्ने बैठकमा देशभरबाट करिब एक हजार ५०० जना सहभागी हुने सो पार्टीले जनाएको छ । पार्टीको सांगठनिक गतिविधि, स्थानीय तह निर्वाचनको समीक्षा, आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन लक्षित कार्यक्रम लगायत एजेण्डामा बैठकमा छलफल हुने सो पार्टीका प्रचार विभाग उपप्रमुख शम्भु श्रेष्ठले जानकारी दिए ।

पार्टीका महासचिव डा. बेदुराम भुसालको राजनीतिक प्रतिवेदनमा विशेष छलफल गरिने कार्यक्रम छ । मुलुकमा संविधान र राजनीतिक व्यवस्था संरक्षणका लागि तत्कालीन नेकपा एमालेबाट विद्रोह गरी सो पार्टी स्थापना गरिएको, कम्युनिस्ट आन्दोलनमा देखापरेको विसर्जनवाद र अवसरवादका विरुद्ध जनतालाई एकताबद्ध गर्न पार्टीको औचित्य र आवश्यकता तथा आगामी कार्यदिशाबारे प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्