राजनीति

थामकोट, बद्रिगाउँ हुँदै ताडीसम्मको सडक आर.सी.सी तिब्रगतिमा

१२ असार २०७९, आईतवार ०३:२८
थामकोट, बद्रिगाउँ हुँदै ताडीसम्मको सडक आर.सी.सी तिब्रगतिमा

१२ असार, कालिकोट । निर्माणधिन थामकोट, बद्रिगाउँ हुँदै ताडीसम्म कृषि सडकको आर.सी.सी ढलान तिब्रगतिमा काम भइरहेको छ ।

बद्रिगाउँ देखि ताडीसम्म कृषि सडक आर.सी.सी ढलान तिब्रगतिमा भइरहेको निर्माण व्यवसायी गणेश आचार्यले बताएका छन् ।  जेठ २७ गते माओवादी जिल्ला समन्वय समितिका संयोजक लक्ष्मी प्रसाद चौलागाई(शैलेन्द्र)द्वारा सडकको शिलान्यास गरिएको थियो ।

शिलान्यास गरे लगतै निर्माण व्यवसायी आचार्यले सडक मर्मत आर.सि.सि ढलानलगायत काम व्यस्त रहेका छन् । निर्माण व्यवसायी  आचार्यले काम गर्दै गरेको तस्बिर शयर गर्दै “आफ्नो ठाउँको विकास गर्नुको मज्जा छुट्टै ” भनेर सामाजिक संजाल पोस्ट गरेका छन् ।

व्यवसायी गणेश आचार्यले भने अहिलेसम्म धेरै सडक, भवन, रंगशाला र पुल लागायत धेरैको निर्मण गरे । तर आफ्नो गाउँको काम गर्दा छुट्टै मज्जा आएको आचार्यले बताए ।

May be an image of 6 people and body of water

यहिँ हुर्किए, यहिँ पढे, यहिँ ठाउँमा सुख र दु:ख साटासाट गरे । अहिले मेरो पालो रहेको छ । फर्केर हेर्दा पुरानै अवस्थामा रहेको छ ।  यहाँको विकास देखेर विडम्बना लाग्छ । सडक, विद्यालय, स्वास्थ्य, संचार र बिधुत अवस्था पनि त्यस्तै छ । विकासका पूर्वाधार गाउँसम्म ल्याउन आफुले सक्दो पहल गरि रहेको व्यवसायी गणेश आचार्यले बताएका छन्

गाउँ सदरमुकामको नजिक भयता पनि विकासका पूर्वाधारको विकास भएको छैन । गाउँमा सडक पुगेको झन्डै ६ वर्ष पुरा हुँदा पनि गाडी नचल्ने कहालीलाग्दो अवस्था देखेर अहिले आफै अहोरात्र खटिएर गाउँसम्म आर.सि.सि गर्ने आफ्नो लक्ष्य रहेको व्यवसायी गणेश आचार्यले बताए ।

व्यवसायी आचार्य सानैदेखि विकासप्रेमी,समाजसेवी, राजनितिककर्मी, इमानदार,लगनशिल,बौद्धिक ब्यक्तित्व र सरल स्वभाव भएका आचार्य । “हुने विरुवाको चिल्लो पात भने झैँ ” व्यवसायी आचार्य सानैदेखि सबैको भलो सोच्ने । कसैलाई दुख सुख पर्दा पनि अघि सर्ने ।

गाउँ देखि केन्द्रसम्म राम्रो छबि बनाएका व्यवसायी । अहिले आफ्नै ठाउँको विकासमा खटिएका छन् ।

प्रतिक्रिया दिनुहोस्